टी १० लिगका लागि पारस, करण र कुशल यूएई जाँदै

यूएईमा हुने टी १० लिगका लागि सोमपाल कामी युएई प्रस्थान गरेका छन भने पारस खड्का, करण केसी र कुशल मल्ल आजै यूएई जाने भएका छन ।

सोमबार आज विहान यूएई जाँदा पारस, करण र कुशल साँझ जाने भएका छन । यएई जानु अगाडी उनीहरु सबैको कोरोना परिक्षण भएको थियो, जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

जनवरी २८ तारिखबाट सुरु हुने प्रतियोगिताका लागि युएई पुगेपछि सबैको त्यहाँपनि कोरोना परिक्षण हुनेछ । साथै केहि दिन क्वारेन्टिनमा पनि बस्नुपर्नेछ ।

अघिल्लो सिजन खेलाडीका रुपमा टिममा अनुबन्ध भएका पारस यो पटक इमर्जिङ ट्यालेन्टको मेन्टरका रुपमा टिम आबुधावीमा जोडिएका छन । उनको टिमबाट युवा खेलाडी कुशल मल्ल समावेश छन ।

करण केसी पुणे डेभिल्समा अनुबन्ध छन भने सोमपाल कामी मराठा अरवियन्सबाट खेल्ने तयारीमा छन । काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेटमा कुशल, करण र सोमपालले एक खेलपनि खेलेनन् । करण पुर्णरुपमा फिट नहुँदा प्रतियोगिता खेलेका थिएनन् । गौतमबुद्ध कप क्रिकेटको फाइनलमा करणले खुट्टाको चोट बोकेका थिए । उनलाई राष्ट्रिय टिमका फिजियो विक्रम न्यौपानेले रिह्यावमा राखेका छन । करिव दुई साता नियमित थेरापी गरेपछि करण ठिक भएका हुन ।

यस्तै कुशलले गृह जिल्लामा नै उपचार गराएका थिए । चोटका कारण नै कुशलले गौतमबुद्ध कपबाट अन्तिम समयमा बाहिरीएका थिए ।
तर उनी अहिले फिट भएका छन । यस्तै कुशल मल्लको चोटपनि निको भइसकेको र उनी टी १० खेल्न तयार भएका छन ।

विदेशी फ्रेन्चाइजी लिगमा नेपालबाट एकै पटक तीन खेलाडी अनुबन्ध भएको यो पहिलो पटक हो । यो पटक सन्दिप लामिछाने ड्राफ्टमा रहेपनि विक्रि भने भएनन् । अघिल्लो सिजनमा पारस खड्का र सन्दिपले टी १० लिग खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest