सन्दिप लामिछानेको उत्कृष्ट बलिङ

अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा सन्दीप लामिछानेले २ विकेट लिएका छन् । होवर्ट हुरिकेन्सबाट खेलिरहेका सन्दीपले आज पर्थ स्कोचर्सविरुद्ध २७ रन खर्चिएर २ विकेट लिएका हुन् ।

छैटौं ओभरमा बलिङ गर्न आएका सन्दीपले पहिलो बलमै छक्काबाट स्वागत पाएका थिए । लियोम लिभिनस्टोनले पहिलो बलमै छक्का प्रहार गरेका हुन् । दोस्रो बलमा एक रन दिएका सदन्दीपले तेस्रो बलमा पनि एक रन खर्चिएका थिए । चौथो बलमा लिभिनस्टोनलाई आउट गर्दै टिमलाई पनि सफलता दिलाए । लिभिनस्टोन १५ बलमा २६ रन बनाउँदै पभेलियन फर्किएका थिए । पाँचौं बलमा लेगबाइबाट एक रन खर्चिएका सन्दीपले अन्तिम बलमा एक रन दिएपछि पहिलो ओभमा ९ रन खर्चिएर एक विकेट लिए ।

आठौं ओभरमा सन्दीप व्यक्तिगत दोस्रो ओभर लिएर आएका थिए । शुरुका तीन बलमा एक एक रन खर्चिएका सन्दीपले चौथो बल डट राखेका थिए । पाँचौ बलमा मिचेल मार्सलाई एलबीडब्ल्यू आउट गर्न सफल भए । मार्स ७ रन बनाएर पभेलियन फर्किए । सन्दीपले अन्तिम बलमा २ रन खर्चिएका थिए । दोस्रो ओभरमा पनि एक विकेट लिएर सन्दीपले ५ रन खर्चिएका थिए । दुई ओभरमा २ विकेट लिँदा १४ रन खर्चिन पुगे ।

११ औं ओभरमा सन्दीप तेस्रो ओभर लिएर आएका थिए । पहिलो बलमा २ रन खर्चिएका सन्दीपले त्यसपछि बाँकी पाँच बलमा पाँच रन दिनु पुगेका थिए ।

तेस्रो ओभर सम्ममा सन्दीपले २१ रन दिएर २ विकेट हात पारेका थिए ।

टिमको १३ औं ओभरमा सन्दीप अन्तिम स्पेल लिएर आएका थिए । सन्दीपले शुरुका दुई बल डट राखे भने तेस्रो बलमा चौका खान पुगेका थिए । चौथो बल डट राखेका सन्दीपले त्यसपछिका दुई बलमा एक एक रन खर्चिएर आफ्नो स्पेल पुरा गरेका थिए । सन्दीपले समग्रमा २७ रन खर्चिएर २ विकेट लिन पुगे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest