प्रदेश दुईले बागमतीलाई १८० रनको लक्ष्य

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा प्रदेश दुईले बागमती प्रदेशलाई १८० रनको लक्ष्य दिएको छ । टस जितरे पहिला ब्याटिङ गरेको प्रदेश दुईले ४८.२ ओभरमा सवै विकेट गुमाउँदै १७९ रन बनायो ।

खराव प्रदर्शन गरेको प्रदेश दुईका लागि विवेक यादबले उत्कृष्ट प्रदर्शन गरे । उनले अर्धशतकीय पारि खेल्दै प्रदेश दुईका स्कोर माथि उठाएका थिए । १९ रनमा पहिलो विकेट गुमाएको प्रदेश दुई ले ६९ रन हुँदा ७ विकेट गुमाएको थियो ।

विवेकले सम्हालिएको प्रदर्शन गर्दै टिमको स्कोर १२२ रन पुर्‍उँदा आठौ विकेट गुमाएको थियो । राहुल प्रताप सिंहले १८ रन बनाए । यसैगरी विवेक र कुमार थापा मिलेर टिमको स्कोर १५० माथि पुराएका थिए ।

कुमार २२ रन बनाएर आउट हुन पुगे अन्तिम विकेटकोरुपमा उनै विकेट रन आउट हुँदा व्यक्तिगत ६६ रन बनाए । ७४ बल फेस गरेका विवेकले तीन छक्का र तीन छौका प्रहार गरे ।

यसैगरी सुधिर चौधरीले १५ रन बनाउँदा सुरज कुर्मीले १२ रनको योगदान गरे । बागमतीका गौतम केसीले चार विकेट लिँदा रामनरेश गिरीले दुई विकेट हात पारे । नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest