सन्दिपको टिमको अर्को हार

बिग बास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पर्थ स्कर्चर्ससँग २२ रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पर्थले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । पर्थका लागि जोश इन्लिशले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

लियाम लिभिङस्टोनले २६ रन जोड्दा जासन रोयले २० रन बनाए । एस्टन टर्नर १५ रनम आउट हुँदा जे रिचार्डसनले २९ रन बनाए ।

होबार्टका नाथन एलिसले ४ विकेट लिए । सन्दीप लामिछानेले २ विकेट लिए । सन्दीपले ४ ओभरमा २७ रन खर्चिएर २ विकेट लिएका हुन् ।

पर्थले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

होबार्टका लागि डीआर्ची शर्टले सर्वाधिक ४३ रन बनाए । यस्तै पिटर ह्यान्डकम्पले ३० रन जोड्दा टिम डाभिडले २७ रन जोडे । विल ज्याक्स २१ रनमा आउट भए ।

पर्थका जे रिचार्डसनले ४ विकेट लिए । जासनले २ विकेट लिए । जितसंगै पर्थले १२ खेलमा २८ अंक जोडेको छ ।

पर्थ दोस्रो स्थानमा रहेको छ । सन्दीप आबद्द होबार्ट १२ खेलमा २३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest