बागमती पीएम कपको सेमिफाइनल नजिक

बागमती प्रदेश लगातार तेस्रो जीत हात पार्दै प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको सेमीफाइनल नजिक पुगेको छ । समुह बी मा रहेको बागमतीले आज भएको खेलमा प्रदेश २ लाइ ६ विकेटले पराजित गर्यो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश दुइले ४८ ओभर दुइ वलमा अल आउट हुदै एक सय उनानअसी रन बनाएको थियो । खराब सुरुवात गरेको प्रदेश दुइले उनानसत्तरी रन बनाउदा सात विकेट गुमाएको थियो । हरिशंकर साह ६ रनमा आउट भए भने रवि सिंह शुन्य, विशाल सुस्लिङ ५, सुधिर चौधरी १५ रनमा पवेलियन फर्किए ।

हिमांशु दत्तले खाता खोल्न सकेनन् । मेहबुब आलम दुइ र सुरज कुर्मी १३ रनमा मैदान बाहिरिएपछि प्रदेश दुइ नाजुक स्थितीमा पुगेको थियो । तर आठौं विकेटका लागि विवेक यादव र राहुल प्रताप सिंह्ले ५३ रनको साझेदारी गरे । विवेकले ६६ र राहुलले १८ रन जोडे । जारी प्रतियोगितामा विवेकको यो दोस्रो अर्धशतक हो ।

कसिलो वलिङ गर्दै बागमतीका गौतम केसीले चार र रामनरेश गिरीले दुइ विकेट लिए । नन्दन यादव, तिलक भन्डारी र विपिन आचार्यले एक एक विकेट बाडे । जवाफमा बागमीतले ४८ ओभर दुइ वलमा चार विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । बागमतीको जीतमा पृथु बास्कोटाले अविजीत ५३ रनको योगदान गरे ।

जारी प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धशतक हो । बिभत्सु थापाले ४७, आकाश थापाले ३२ र इशान पान्डेले १५ रनको योगदान गरे । कप्तान ज्ञानेन्द्र मल्ल सात रनमा अविजीत रहे । हरिशंकर शाहले दुइ विकेट लिए । तीन खेलबाट ६ अंक जोडेको बागमती तालिकाको शीर्ष स्थानमा छ । प्रदेश दुइले भने लगातार दोस्रो हार बेहोर्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest