सुदुरले प्रदेश दुईलाई तीन विकेटले हरायो

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमले सान्त्वना जित निकालेको छ । समुहको अन्तिम खेलमा सुदुरले प्रदेश दुईलाई तीन विकेटले हरायो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको प्रदेश दुईले ४२ ओभरमा सवै विकेट गुमाएर १९६ रन मात्र बनाउन सक्यो ।

प्रदेश दुईका लागि हरिशंकर साहले सर्वाधिक ६० रन बनाउँदा विवेक यादवले आज पनि उत्कृष्ट पारि खेले । उनी ४१ रनमा पभेलियन फर्किएका थिए । मेहबुब आलमले २३ रन जोड्दा राहुल प्रताप सिंहले १२ रनको योगदान गरेका थिए ।

यसैगरी कुमार थापा ११ रनमा नटआउट रहे । सुदूरपश्चिमका शेर मल्ल, नरेन्द्र साउदले तीन तीन विकेट लिँदा अरुण ऐरीले २ विकेट लिए । यसैगरी हेमन्त धामी र भोजराज भाटको नाममा एक एक विकेट रह्यो ।

जवाफमा सुदुरपश्च्मिले ३३ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका जितमा गजेन्द्र बोहोराले ३९ रन बनाए भने खड्क बोहोराले ४३ तथा सन्जु धामीले ५७ रनको योगदान गरे ।

बलियो सुरुवात गरेको सुदुरपश्चिमले पहिलो विकेटका लागि ७८ रनको साझेदारी गरेको थियो । त्यसपछि एक सय ५६ रनमा दोस्रो विकेट गुमाएको सुदुरले एक सय ७० रनमा तेस्रो विकेट गुमायो ।

बलिङमा हरिशंकर शाह विवेक यादवले एक एक विकेट लिए । जारी प्रतियोगितामा प्रदेश दुई लगातार तेस्रो हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरीएको छ । सुदुरपश्चिम यसअघि नै प्रतियोगिताबाट बाहिरीसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest