बिग ब्यास लिगमा सन्दिपले २ विकेट, हाेबर्ट ७ रनले विजयी

नेपाली क्रिकेटर सन्दिप लामिछानेले विग ब्यास लिगमा दुई विकेट लिएका छन । सिड्नी सिक्सर्सविरुद्धको खेलमा सन्दिपले चार ओभरमा २४ रन खर्चिएर दुई विकेट लिएका हुन ।

टिमको छैटौं तथा ब्यक्तिगत पहिलो ओभरमा सन्दिपले सात रन दिए । उनले सो ओभरमा एक चौका खाएका थिए ।

त्यसपछि दोस्रो ओभरमा सन्दिपले ६ रन खर्चिए । जसमा उनले एक चौका खाएका थिए । तेस्रो ओभरमा सन्दिपले आठ रन खर्चिएर दुई विकेट लिए ।

उनले मोइसेस हेनरिकलाई ४३ रनमा आउट गरे भने डेनियल क्रिस्टियनलाई शुन्य रनमा नै पेभेलियन फर्काए । अन्तिम ओभरमा तीन रन दिएर उनले चार ओभरमा कुल २४ रन खर्चिएर दुई विकेट लिए । उनको टिमले पनि सातको जित निकाल्यो ।

पहिले ब्याटिङ गरेको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । होबार्टका लागि म्याथ्यु वेडले सर्वाधिक ८६ रन जोडे । यस्तै डीआर्ची शर्टले ७२ रन बनाए ।

सिड्नीका सिन एब्बट, ज्याक बल र बेनले २/२ विकेट लिए ।

एक सय ८९ रनको लक्ष्य पक्ष्याएकाे सिड्नीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो । सिड्नीका जोर्डन सिल्कले ७८ रन बनाए भने कप्तान मोइस हेन्रिक्सले ४३ रन जोडे ।

होबार्टका नाथन एलिसले ३ विकेट लिए । सन्दीप लामिछाने र स्कट बोलाण्डले २/२ विकेट लिए । सन्दीपले अहिलेसम्म ८ विकेट लिईसकेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest