सांगाकारा राजस्थानको क्रिकेट डाइरेक्टर

श्रीलंकाका पूर्व कप्तान कुमार सांगाकारा इन्डियन प्रिमियर लिगमा नयाँ जिम्मेवारीका साथ आउने भएका छन । उनलाई राजस्थान रोयल्र्सले २०२१ को आइपीएलका लागि डाइरेक्टर अफ क्रिकेट बनाएको छ ।

४३ बर्षे सांगाकारामाथि अब टिमको पुरै क्रिकेट हेर्ने जिम्मेवारी आएको छ । उनले राजस्थान टिमको क्रिकेटिङ इकोसिस्टम बनाउने देखि कोचिङ संरचनापनि सम्हाल्नेछन । यस्तै अक्सनको योजना र टिमको रणनितीमा पनि काम गर्नेछन ।

यतिमात्र होइन सांगाकाराले नयाँ ट्यालेन्ट खोज्ने देखि त्यसको विकाशमा पनि काम गर्ने भएका छन । उनले नागपुरमा रहेको राजस्थान रोयल्स एकेडेमीमा पनि काम गर्नेछन ।

सन् २००० मा श्रीलंकाबाट डेब्यु गरेका सांगाकारा देशका लागि उत्कृष्ट खेलाडीको सूचीमा पर्छन । यसअघि उनी मेर्लिबोन क्रिकेट क्लव (एमसीसी) को अध्यक्षपनि बनिसकेका छन ।

उनले आइपीएलमा ६ बर्ष खेलेका थिए । जसमा किंग्स ११ पञ्जाव, डेकेन चार्जस र सनराइजर्स हैदरावादबाट खेलेका थिए । यसका साथै उनले बिग ब्यास लिग, क्यारेवियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग र इंग्ल्याण्डको टी २० ब्लास्टमा पनि खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest