प्रदेश दुईले पुलिसलाई एक सय ७० रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश दुईले नेपाल पुलिस क्लवलाई एक सय ७० रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश दुईले ४७ ओभरमा झारीएको खेलमा नौ विकेट गुमाउँदै एक सय ६९ रन बनायो ।

राम्रो सुरुवात गर्न नसकेको प्रदेश दुईले २५ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ५९ रनमा दोस्रो विकेट गुमाएको प्रदेश दुईले एक सय १९ रन बनाउँदा पाँच विकेट खेर फालेको थियो ।

प्रदेश दुईका लागि हिमांशु दत्तले १६ रन बनाए भने रवी शाहले नौ, रवी सिंह र विशाल सुस्लिङले समान १२–१२ रन बनाए । यस्तै विकाश यादवले नौ रन बनाउँदा कप्तान सुरज कुर्मीले १३ रन बनाए ।

प्रदेश दुईका लागि हरिशंकर शाहले सर्वाधिक ५३ रन बनाए । यस्तै आदिल अन्सारीले १५ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest