एपीएफले आर्मीलाई दुई सय ४१ रनको लक्ष्य प्रस्तुत

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफ क्लवले त्रिभुवन आर्मीलाई दुई सय ४१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ४९ ओभर चार बलमा दुई सय ४० रनमा अलआउट भयो ।

सुरुवात राम्रो गर्न नसकेको एपीएफले २९ रनमा पहिलो विकेट गुमाएको थियो भने ७३ रनमा दोस्रो, ९५ मा तेस्रो विकेट गुमायो ।

उसका लागि आसिफ शेख मात्र सात रनमा आउट भए भने कप्तान शरद भेषवाकर २४ रनमा पेभेलियन फर्किए । यस्तै सुवास खकुरेलले ३८ रन बनाउँदा सुमित महर्जनले ४६ रनको योगदान गरे ।

यस्तै सन्दिप जोराले २८ रन बनाउँदा बसन्त रेग्मीले २० रन बनाए । यस्तै भुवन कार्कीले आठ रन बनाउँदा अमर रौटेलाले २६ रनको योगदान गरे ।

बलिङमा हरी चौहानले पाँच तथा साहाब आलमले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest