पुलिस पीएम कपको सेमिफाइनलमा

साविक विजेता नेपाल पुलिस क्लव प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समुह चरणको अन्तिम खेलमा प्रदेश दुईलाई चार विकेटले हराउँदै पुलिसले अन्तिम चारमा स्थान बनायो ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश दुईले ४७ ओभरमा झारीएको खेलमा नौ विकेट गुमाउँदै एक सय ६९ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको प्रदेश दुईले २५ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ५९ रनमा दोस्रो विकेट गुमाएको प्रदेश दुईले एक सय १९ रन बनाउँदा पाँच विकेट खेर फालेको थियो ।

प्रदेश दुईका लागि हिमांशु दत्तले १६ रन बनाए भने रवी शाहले नौ, रवी सिंह र विशाल सुस्लिङले समान १२–१२ रन बनाए । यस्तै विकाश यादवले नौ रन बनाउँदा कप्तान सुरज कुर्मीले १३ रन बनाए ।

प्रदेश दुईका लागि हरिशंकर शाहले सर्वाधिक ५३ रन बनाए । यस्तै आदिल अन्सारीले १५ रन बनाए ।

जवाफमा पुलिसले ३८ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । मध्यम सुरुवात गरेको पुलिसले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो । ७० रनमा दोस्रो विकेट गुमाएको पुलिसले ९२ रन बनाउँदा चार विकेट गुमायो ।

उसका लागि सुनील धमलाले १३ रन बनाए भने अमित श्रेष्ठले १७रनको योगदान गरे । यस्तै कुशल भुर्तेलले ४३ रनको योगदान गर्दा आरिफ शेखले खाता खोल्न सकेनन् । यस्तै दिपेन्द्रसिंह ऐरीले १७ रन बनाउँदा पवन सराफले तीन रनमात्र बनाए । अन्तिममा अनिल शाहले अविजीत ४७ रन बनाए भने मञ्जित श्रेष्ठले १२ रनको योगदान गरे ।
बलिङमा प्रदेश दुईका विवेक यादव र कुमार थापाले तीन तीन विकेट लिए ।

यो जितपछि पुलिस समुह बी बाट उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसको जितले लुम्बिनीको यात्रा समुह चरणमा नै रोकिएको छ । समुह बी बाट विजेताका रुपमा बागमतीले सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest