एपीएफविजेता र आर्मी उपविजेताका रुपमा सेमिफाइनलमा

विभागिए टिम एपीएफ क्लव समुह विजेतका रुपमा प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हारपछि पनि त्रिभुवन आर्मी समुह ए को उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हरायो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ४९ ओभर तीन बलमा दुई सय ४० रनमा अलआउट भयो । सुरुवात राम्रो गर्न नसकेको एपीएफले २९ रनमा पहिलो विकेट गुमाएको थियो भने ७३ रनमा दोस्रो, ९५ मा तेस्रो विकेट गुमायो ।

उसका लागि आसिफ शेख मात्र सात रनमा आउट भए भने कप्तान शरद भेषवाकर २४ रनमा पेभेलियन फर्किए । यस्तै सुवास खकुरेलले ३८ रन बनाउँदा सुमित महर्जनले ४६ रनको योगदान गरे ।

यस्तै सन्दिप जोराले २८ रन बनाउँदा बसन्त रेग्मीले २० रन बनाए । यस्तै भुवन कार्कीले आठ रन बनाउँदा अमर रौटेलाले २६ रनको योगदान गरे । बलिङमा हरी चौहानले पाँच तथा साहाब आलमले दुई विकेट लिए ।

जवाफमा आर्मीले ५० ओभरमा आठ विकेट गुमाउँदा दुई सय ३४ रन बनायो । मध्यम सुरुवात गरेको आर्मीले ३० रन हुँदा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर लोकेश बम ब्यक्तिगत २१ रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका हरी चौहानले खाता नखोली आउट हुँदा आर्मीले ३० रनमा नै दोस्रो विकेट खेर फाल्यो । त्यसपछि कप्तान विनोद भण्डारीले पनि खाता खोल्न नसक्दा आर्मीको स्कोर ३६ रनमा तीन विकेटको अवस्थामा पुगेको थियो ।

तर चौथो विकेटका लागि अनिल मण्डल र रोहित पौडेलले ७० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर अनिल ब्यक्तिगत ४५ रनमा आउट भएपछि आर्मीले एक सय ६ रनमा चौथो विकेट गुमायो ।

लगत्तै रोहित पौडेलपनि ३० रनमा बाहिरीएपछि आर्मी दबावमा आएको थियो । त्यसपछि भिम शार्कीले २७ रनको योगदान गरे भने राजेश पुलामीले ३३ रन बनाए । यस्तै विक्रम सोबले २८ रन बनाउँदा आकाश चन्दले १६ र साहब आलमले २० रन बनाए । तर अन्तिममा आर्मीले लक्ष्य पुरा गर्न सकेन । बलिङमा कमल ऐरीले तीन तथा भुवन कार्कीले दुई विकेट लिए ।

अब सेमिफाइनलमा एपीएफले नेपाल पुलिससँग खेल्नेछ भने आर्मीले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest