श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा इंग्ल्याण्ड ६ विकेटले विजयी

श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा ६ विकेटको जित दर्ता गर्दै पाहुना टोली इंग्ल्याण्डले सिरिज नै कब्जा गरेको छ । पहिलो टेस्ट ७ विकेटले आफ्नो पक्षमा पारेको इंग्ल्याण्डले दोस्रो टेस्ट पनि ६ विकेटले आफ्नो पक्षमा पार्न सफल रह्यो ।

गालेमा भएको दोस्रो टेस्टमा १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४ विकेट गुमाएर पुरा गरेको थियो । इंग्ल्याण्डलाई जिताउन दोस्रो पारिमा डम सिब्ले ५६ तथा जोस बट्लर ४६ रनमा नटआउट रहे ।

जोनी वेरिस्टोले २९ रन बनाउँदा कप्तान जोय रुट ११ रनमा आउट भएका थिए । डान लरेन्स भने २ रनमै आउट हुन पुगेका थिए । श्रीलंकाका लागि लासिथ इम्बुलडेनियाले तीन विकेट लिँदा रमेश मेन्डिसले एक विकेट लिए ।

घरेलु टोली श्रीलंकाले पहिलो पारिमा ३८१ रन बनाएको थियो । इंग्ल्याण्डलाई पहिलो पारिमा ३४४ रनमा रोक्दै ३७ रनको अग्रता लिएको थियो । तर, दोस्रो पारिमा भने श्रीलंकाले राम्रो प्रदर्शन गर्न सकेन ।

श्रीलंका १२६ रनमै अलआउट भएपछि इंग्ल्याण्डले १६४ रनको लक्ष्य पाएको थियो । श्रीलंकाका लागि लासिथ इम्बुलडेनियाले सर्वाधिक ४० रन बनाउँदा टप अर्डरका ब्याट्सम्यानहरु फ्लप भएका थिए । इंग्ल्याण्डका डम बेस र ज्याक लिचले समान चार चार विकेट लिँदै श्रीलंकाको पारि ध्वस्त बनाएका थिए । सिरिज जितेको इंग्ल्याण्डका टिम अब श्रीलंकाबाट भारत सिरिज खेल्न आउने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest