होबर्ट हुरिकेन्सकाे सातौं हार

विग ब्यास लिगमा सन्दिप लामिछाने आबद्ध होबर्ट हुरिकेन्सले सातौं हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा होबेर्ट मेलबर्न रेनेगेट्ससँग ११ रनले पराजित भयो ।

मेलबर्नमा टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा पाँच विकेट गुमाउदै एक सय ५० रन बनायो । उसका लािग बेउ वेब्स्टरले ५४ रन बनाए भने वाल्टर हार्भेले ४० रनको योगदान गरे ।

यस्तै साम हार्पेरले १९ रन बनाउँदा इमाद वासिम र सन मार्सले समान १२–१२ रन बनाए । बलिङमा होबर्टका लागि रिले मेरेडिथले तीन विकेट लिए । आजको खेलमा सन्दिप केहि महंगो सावित भए ।

उनले पुरै चार ओभर बलिङ गर्दा ३५ रन खर्चिए तर विकेट लिन सकेनन् । यो सिजनमा सन्दिपले अहिलेसम्म आठ विकेट लिएका छन । यतिमात्र होइन, उनी विकेट विहिन भएको यो तेस्रो खेल हो ।

जवाफमा रेनेगेट्सले २० ओभरमा नौ विकेट गुमाउँदा एक सय ३९ रनमा रोकियो । उसका लागि कप्तान म्याथ्यु वाडेले १३ रन बनाए भने डासी सोर्टले २९ रनको योगदान गरे । यस्तै डाविड मालानले ३४ रन बनाउँदा विल ज्याक्स १३ रनमा आउट भए ।

यस्तै टिम डेभिड १४ रनमा पेभेलियन फर्किए भने पिटर ह्याण्डकोम्बले १९ रन बनाए । लिगको पुछारमा रहेको रेनेगेट्सले १६ अंक बनाएको छ भने होबर्ट २७ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest