नेपालले कतारमा टी-२० सिरिज खेल्ने, पीएम कपकाे विजेताले १० लाख पाउने

नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको विजेताले पाउन पुरस्कारको बल्ल निधो लगाएको छ । क्यानको मंगलबार बसेको बोर्ड बैठकले पीएम कपको विजेताले १० लाख पाउने निर्णय गरेको छ । यस्तै उपविजेताले पाँच लाख दिने निर्णय गरेको छ ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टिमले ५० हजार दिने भएको छ भने प्लेयर अफ दी सिरिजले ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा बाइल्याट्रल टी २० सिरिज खेल्ने भएको छ । कतार क्रिकेट संघको प्रस्तावलाई स्विकार्दै क्यानले नेपाली क्रिकेट टिमलाई कतार पठाउने भएको हो ।

प्रतियोगिताका लागि नेपालबाट मिक्स टिम जानेछ । फेब्रेवरी नौ देखि १२ तारिखसम्म हुनेछ । यो प्रतियोगिता अगाडी नेपाली टिमको बन्द प्रशिक्षण सुरु हुनेछ । जुन फेब्रेवरी एक तारिखबाट सुरु हुनेछ ।

प्रतियोगिताका लागि नेपाली टिम सात तारिखमा कतार जानेछ, जहाँ नेपालले तीन खेल खेल्नेछ ।

नयाँ प्रशिक्षक डेभ ह्वाटमोर आएपछि नेपालले पहिलो प्रतियोगिता रुपमा यहि हुने भएको छ । प्रधानमन्त्री कप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा बन्द प्रशिक्षणमा खेलाडी बोलाइनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest