एपीएफले पुलिसलाई दुई सय चार रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा अहिले साविक विजेता नेपाल पुलिस क्लवले अर्को विभागिए टिम एपीएफ क्लवसँग प्रतिस्पर्धा गरिरहेका छन । जसमा एपीएफले पुलिसलाई दुई सय चार रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय तीन रन बनायो । सुरुवातबाट नै दबावमा परेको एपीएफले मात्र १३ रन हुँदा पहिलो विकेट गुमाएको थियो । २६ रनमा दोस्रो विकेट खेर फालेको एपीएफको विकेट झर्ने क्रम रोकिएन । स्कोरबोर्डमा ४१ रन हुँदा तेस्रो विकेट गुमाएको एपीएफले ४३ रनमा चौथो विकेट खेर फाल्यो ।

उसका ओपनर आशिफ शेख मात्र एक रनमा आउट भए भने सुवास खकुरेलले १९ रन बनाए । त्यसपछि कप्तान शरद भेषवाकर ब्यक्तिगत १८ रनमा आउट भए भने सुमित महर्जन पनिमात्र एक रन पेभेलियन फर्किए ।

पाँचौं विकेटका लागि शंकर राना र सन्दिप जोराविच अर्धशतकीय साझेदारी भएको थियो । तर जोरा ब्यक्तिगत ३४ रनमा आउट भएपछि एपीएफले एक सय पाँच रनमा पाँचौं विकेट गुमायो । त्यसको केहि बेरमा शंकर रानापनि ४४ रनमा बाहिरीदा एपीएफले एक सय २७ रनमा छैटौं विकेट गुमायो ।

त्यसपछि अमर रौटेला ब्यक्तिगत चार रनमा आउट भएपछि एपीएफले एक सय ४४ रनमा सातौं विकेट गुमायो । अन्तिममा एपीएफका लागि भुवन कार्कीले ४२ रनको योगदान गरे भने कमलसिंह ऐरीले १९ रन जोडे । यस्तै अभिनाश बोहोराले ११ रन बनाए । बलिङमा आरिफ शेखले तीन विकेट लिए भने ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest