आइपीएलको अक्सन फेब्रेवरी १८ मा

इन्डियन प्रिमियर लिग आइपीएलको १४ औं संस्करणको अक्सन फेब्रेवरी १८ ताखिरमा चेन्नेईमा हुँदैछ । यो अक्सनमा आठ वटा फ्रेन्चाइजी टिमले खेलाडी अनुबन्धका लागि कुल एक सय ९६.६ करोड भारतीय रुपैयाँ खर्च गर्न पाउनेछन ।

आइपीएल आयोजकले २० जनवरीमा सबै टिमलाई रिटेन गर्ने र रिलिज गर्ने खेलाडीको सूची बुझाउन भनेपछि सबै टिमले त्यो सूची बुझाइसकेका छन । जसमा आठ टिमले एक सय ३९ खेलाडीलाई रिटेन गरे भने ५७ खेलाडीलाई रिलिज गर्यो । त्यो सूचीमा नेपाली खेलाडी सन्दिप लामिछानेपनि रिलिज भए ।

सबै टिमले रिटेन गरेका खेलाडीको कुल मुल्य चार सय ८३.३९ करोड भारतीय रुपैयाँ रहेको छ भने रिलिज गर्ने खेलाडीको कुल रकम एक सय ९६.६ करोड छ । त्यसैले २०२१ को आइपीएल अक्सनमा आठ फ्रेन्चाइजी लिगमा रिलिज गरेको खेलाडीको मुल्य बराबरीको रकम खर्च गर्न पाउनेछन ।

त्यसमा सबैभन्दा धेरै रकम किंग्स इलावेन पञ्जावले खर्च गर्न पाउनेछ । उसको पोकेटमा ५३.२० करोड भारतीय रुपैयाँ रहेको छ । यस्तै बैंग्लोरको पोकेटमा ३५.९० करोड भारतीय रुपैयाँ रहेको छ । राजस्थानको खल्तिमा ३४.८५ करोड भारतीय रुपैयाँ छ भने चेन्नेईले २२.९० करोड खर्च गर्न पाउनेछ । मुम्बईले १५.३५ करोड भारतीय रुपैयाँमा खेलाडी अनुबन्ध गर्नुपर्नेछ भने दिल्लीसँग १२.९० करोड भारतीय रुपैयाँ पोकेटमा छ ।
यस्तै कोलकाताको पोकेटमा १०.७५ करोड र हैदरावादसँगपनि खल्तिमा १०.७५ करोड भारतीय रुपैयाँ छ ।

२०२१ को सिजनकालागि बैंग्लोरले १०, पञ्जावले नौ, राजस्थानले आठ, मुम्बईले सात, कोलकाता र दिल्लीले ६–६ र हैदरावादले पाँच खेलाडीलाई रिलिज गरेको थियो ।

यो सिजनमा हरेक टिमले बढिमा २५ र कम्तिमा १८ खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन । त्यसमा बढिमा आठ जना विदेशी खेलाडी राख्न पाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest