एपीएफ पीएम कपकाे फाइनलमा, पुलिस ३० रनले पराजित

विभागिए टिम एपीएफ क्लव दोस्रो पटक प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लवलाई ३० रनले पराजित गर्दै फाइनलमा स्थान बनायो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय तीन रन बनायो । सुरुवातबाट नै दबावमा परेको एपीएफले मात्र १३ रन हुँदा पहिलो विकेट गुमाएको थियो । २६ रनमा दोस्रो विकेट खेर फालेको एपीएफको विकेट झर्ने क्रम रोकिएन । स्कोरबोर्डमा ४१ रन हुँदा तेस्रो विकेट गुमाएको एपीएफले ४३ रनमा चौथो विकेट खेर फाल्यो ।

उसका ओपनर आशिफ शेख मात्र एक रनमा आउट भए भने सुवास खकुरेलले १९ रन बनाए । त्यसपछि कप्तान शरद भेषवाकर ब्यक्तिगत १८ रनमा आउट भए भने सुमित महर्जन पनिमात्र एक रन पेभेलियन फर्किए ।

पाँचौं विकेटका लागि शंकर राना र सन्दिप जोराविच अर्धशतकीय साझेदारी भएको थियो । तर जोरा ब्यक्तिगत ३४ रनमा आउट भएपछि एपीएफले एक सय पाँच रनमा पाँचौं विकेट गुमायो । त्यसको केहि बेरमा शंकर रानापनि ४४ रनमा बाहिरीदा एपीएफले एक सय २७ रनमा छैटौं विकेट गुमायो ।

त्यसपछि अमर रौटेला ब्यक्तिगत चार रनमा आउट भएपछि एपीएफले एक सय ४४ रनमा सातौं विकेट गुमायो । अन्तिममा एपीएफका लागि भुवन कार्कीले ४२ रनको योगदान गरे भने कमलसिंह ऐरीले १९ रन जोडे । यस्तै अभिनाश बोहोराले ११ रन बनाए । बलिङमा आरिफ शेखले तीन विकेट लिए भने ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए ।

जवाफमा पुलिस ४९ ओभर तीन बलमा एक सय ७३ रनमा अलआउट भयो । निकै कमजोर सुरुवात गरेको पुलिसले १५ रन बनाउँदा तीन विकेट गुमाएको थियो । उसका सुरुवाती तीन खेलाडी एकोहोरो रुपमा पेभेलियन फर्किएन । सुनिल धमला तीन रनमा आउट भए भने कुशल भुर्तेलले खाता खोल्न सकेनन् । यसतै अमित श्रेष्ठ आठ रनमा आउट भए ।

चौथो विकेटका लागि अनिल शाह र दिपेन्द्रसिंह ऐरीले ४६ रनको साझेदारी गर्दै केहि सम्हाल्ने प्रयास गरेका थिए । तर अनिल ब्यक्तिगत २१ रनमा आउट भएपछि पुलिसले ६१ रनमा चौथो विकेट गुमायो ।

पुलिसका मध्यक्रमका खेलाडी विच दरिलो साझेदारी गर्न सकेनन् । उसका लागि दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए भने कप्तान मञ्जित श्रेष्ठले तीन रन मात्र बनाए । यस्तै पवन सराफले ४० रनको योगदान गरे ।

यस्तै रासिद खानले ३४ रन बनाए । आरिफ शेखले १६ रन बनाए भने सागर ढकालले ११ रनको योगदान गरे । बलिङमा भुवन कार्कीले चार तथा कमल ऐरी, अभिनाश बोहोरा र शरद भेषवाकरले दुई दुई विकेट लिए ।

यो हारपछि पुलिसको उपाधि जोगाउने र लगातार दोस्रो संस्करणमा फाइनलमा पुग्ने लक्ष्य अधुरो बनेको छ । एपीएफले पहिलो संस्कणरको पीएम कपमा सेमिफाइनलमा पुगेको थियो भने दोस्रो संस्करणको उपाधि जितेको थियो । त्यसपछि तेस्रो संस्करणमा पनि सेमिफाइनलमा रोकिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest