आर्मीको खराव सुरुवात

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा अहिले विभागिए टिम त्रिभुवन आर्मी र बागमती प्रदेशविच प्रतिस्पर्धा भइरहेको छ । जसमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी सुरुवात देखि नै दबावमा परेको छ ।

कीर्तिपुर मैदानमा आर्मीले सुरुवात राम्रो गर्न सकेन । पाँच रनमा पहिलो विकेट गुमाएको आर्मीले लगत्तै अर्को विकेट गुमायो ।

यो प्रतियोगितामा पहिलो पटक ओपनरका रुपमा आएका हरी चौहान मात्र तीन रनमा आउट भए भने लगतै रोहित पौडेल खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि अनिल मण्डले दुई रनमा पेभेलियन फर्किए । जसका कारण आर्मीले १७ रनमा तीन विकेट खेर फाल्यो ।

चौथो विकेटका लागि भिम शार्की र लोकेश बमले ५६ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर लोकेश बम २३ रनमा आउट भए भने भिम शार्की ४० रन बनाएर बाहिरीएपछि आर्मीले ८० रन बनाउँदा पाँच विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest