आर्मीले बागमती प्रदेशलाई दुई सय ३० रनको चुनौती प्रस्तुत

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा अहिले विभागिए टिम त्रिभुवन आर्मी र बागमती प्रदेशविच प्रतिस्पर्धा भइरहेको छ । जसमा आर्मीले बागमती प्रदेशलाई दुई सय ३० रनको चुनौती प्रस्तुत गरेको छ ।

[match_center id=”39953″]

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय २९ रन बनायो । निकै खराव सुरुवात गरेको आर्मीले पाँच रन हुँदा दुई विकेट गुमाएको थियो । यो प्रतियोगितामा पहिलो पटक ओपनरका रुपमा आएका हरी चौहान मात्र तीन रनमा आउट भए भने लगतै रोहित पौडेल खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि अनिल मण्डले दुई रनमा पेभेलियन फर्किए । जसका कारण आर्मीले १७ रनमा तीन विकेट खेर फाल्यो ।

चौथो विकेटका लागि भिम शार्की र लोकेश बमले ५६ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर लोकेश बम २३ रनमा आउट भए भने भिम शार्की ४० रन बनाएर बाहिरीएपछि आर्मीले ८० रन बनाउँदा पाँच विकेट गुमायो । आर्मीका लागि विनोद भण्डारीले १० रनको योगदान गरे ।

एक समय खराव अवस्थामा रहेको आर्मीलाई राजेश पुलामी र विक्रम शोबले उकासेका थिए । उनीहरुले सातौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । जसमा विक्रमले ३५ रन बनाएर आउट भएपछि आर्मीले एक सय ९८ रनमा सातौं विकेट गुमाएको थियो । अन्तिम ओभरमा राजेश ६५ रनमा आउट भए । उनले ९१ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

सुसन भारीले १६ रनको योगदान गरे । बलिङमा गौतम केसीले पाँच विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest