टी १० लिगमा मराठा अरवियन्सको विजयी सुरुवात

नेपाली खेलाडी सोमपाल कामी सम्मिलित मराठा अरवियन्सले टी १० लिगमा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा मराठाले नोर्दन वारियर्सलाई पाँच विकेटले हरायो ।

मराठा अरेवियन्सका लागि पहिलो खेलमै टिममा परेका सोमपालले पहिलो ओभर बलिङ गरी ८ रन खर्चिएका थिए । इनिङको अन्तिम ओभरमा आफ्नो दोस्रो स्पेल लिएर आएका सोमपालले ४ चौका र १ छक्कासहित २० रन खर्चिए ।

ओभरको पहिलो बलमै लेन्डिस सिमोन्सले चौका प्रहार गरी आफ्नो अर्धशतक पूरा गरे । दोस्रो बलमा सिमोन्सले ३ रन लिए ।

सोमपल कामीको पहिलो ओवर – भिडियो

तेस्रो बलमा रोभम्यान पावेलले चौका प्रहार गरे । चौथो र पाँचौं बल १–१ रनमात्र दिए पनि छैटौं बलमा वाइड फाले । त्यसपछि पोवेलले छक्का प्रहार गरिदिए । उनले २ ओभरमा २८ रन खर्चिए ।

सोमपालले आठौं ओभरको अन्तिम बलमा निकोलास पुरनको क्याच लिए । मुख्तर अलीको बलमा १९ रन बनाएर खेलिरहेका पुरनलाई सोमपालले डीप मिडविकेट क्षेत्रबाट क्याच आउट गरेका हुन् ।

टस जितेर पहिले फिल्डिङ गरेको मराठाले जितका लागि १ सय २८ रनको लक्ष्य पाएको छ । नर्दन वारियर्सले १० ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनाएको हो । उसका लागि सिमोन्सले ३१ बलमा ७ चौका र १ छक्कासहित अविजित ५४ रन बनाए । ब्रान्डोन किङले २९ र रोभम्यान पोवेलले अविजित २२ रन जोडे ।

जवाफमा मराठाले १० ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । मराठाको जितमा अब्दुल साखोरले ७३ रन बनाए भने मोहम्मद हफिजले १९ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest