टी १० लिगमा करणको डेब्यु

टी १० लिगमा डेकेन ग्लाडियटर्सविरुद्धको खेलमा नेपाली खेलाडी करण केसी टिममा परेका छन ।

उनको टिम टस जितेर पहिले बलिङ गरिरहेको छ । पहिलो पटक विदेशी लिग खेल्ने तयारीमा रहेका करणलाई टिमले पहिलो खेलमा नै डेब्यु गर्ने अवसर दिएको छ ।

यसअघि सोमपालले आफ्नो पहिलो खेलबाट नै टी १० लिगमा डेब्यु गरेका थिए । जसमा उनले सन्तोषजनक प्रदर्शन गरेका थिए । सोमपालले दुई ओभरमा २८ रन खर्चिएका थिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest