प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भोली दुई विभागिए टिम त्रिभुवन आर्मी र एपीएफ क्लव आमनेसामने हुँदैछन ।
लगातार चौथो पटक पीएम कपको फाइनलमा पुगेको आर्मी र एपीएफ विचको उपाधि भिडन्त एक संस्करण अगाडिको फाइनलका रुपमा रहेको छ । त्यो बेला फाइनलमा एपीएफ र आर्मी भिड्दा एपीएफ विजयी बनेको थियो ।
यी दुई टिम चार संस्करणमा तीन पटक भिड्दा एपीएफ बढि बलियो देखिएको छ ।
यो प्रतियोगिताको उपाधि पहिलो पटक जित्ने लक्ष्यमा रहेको आर्मीका कप्तान विनोद भण्डारीले यो पटक उपाधि उचाल्नेमा विश्वस्त रहेको बताए ।
यता एपीएफका कप्तान शरद भेषवाकरले अनुभवी खेलाडी बसन्त रेग्मीको कमब्याक टिमका लागि राम्रो रहेको बताए । उनले आर्मी बलियो टिम रहेपछि उपाधि जित्न एपीएफ तयार रहेको बताए ।
यसअघि यी दुई टिम सन् २०१८ को फाइनलमा खेलेका थिए । जसमा एपीएफले आर्मीलाई ६ विकेटले हराएर उपाधि जितेको थियो ।
Discussion about this post