कतारमा हुने टी २० का लागि नेपाली टिमको घोषणा

कतारमा हुने टी २० क्रिकेटका लागि १८ सदस्यीय नेपाली टिमको घोषणा गरेको छ ।

फेब्रअरी ९ देखि १२ तारिखसम्म तीन वटा टी २० हुने छन् । त्यसका लागि नेपाली टिमको घोषणा हुँदा कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, शरद भेषावकर, बसन्त रेग्मी र लेगस्पिनर सन्दीप लामिछाने टिममा छैनन् ।

यसैगरी टिममा परेका करण केसी, सोमपाल कामी र कुशल मल्ल युएईबाट सिधै कतार जाने छन् ।

यी तीन खेलाडी अहिले युएईमा टी १० लिग खेलिरहेका छन् । नयाँ प्रशिक्षक डेभ वाटमोर आएपछि नेपालले पहिलो पटक टी २० सिरिज खेल्दै छ । उक्त सिरिजका लागि १ तारिखदेखि बन्द प्रशिक्षण शुरु गरिने छ ।

नेपाली टिममा विनोद भण्डारी, लोकेश बम, सन्दीप जोरा, कमलसिंह ऐरी, आशिफ शेख, अविनास बोहोरा, कुशल भुर्तेल तथा दीपेन्द्र सिंह ऐरी रहेका छन् । यसैगरी सागर ढकाल, पवन शर्राफ, विवेक यादव, कृष्ण कार्की, सौरभ खनाल, कृष्ण कार्की, सोमपाल कामी, भुवन कार्की, करण केसी, कुशल मल्ल र सहाव आलम रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest