प्रधानमन्त्री कप एकदिवसीय पुुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कमलसिंह ऐरी बनेका छन ।
जारी प्रतियोगितामा उनले कुल १० विकेट लिएका थिए भने ३५ रन बनाएका थिए । उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए ।
यस्तै इमर्जिङ खेलाडी प्रदेश दुईका विवेक यादव बने । उनले यो प्रतियोगितामा एक सय ६७ रन भने चार विकेट पनि हात पारेका थिए । ब्याटिङमा उनले दुई अर्धशतक बनाएका थिए ।
उत्कृष्ट बलर आर्मीका साहब आलम बने । यो प्रतियोगितामा उनले कुल १२ विकेट लिएका थिए ।
यस्तै उत्कृष्ट ब्याट्सम्यान पृथु बास्कोटा बने । कमब्याक प्रतियोगिताका रुपमा रहेको यो प्रतियोगितामा उनले दुई सय १५ रन बनाए ।
Discussion about this post