मराठा अरवियन्सले बंगला टाइगर्सलाई एक सय चार रनको लक्ष्य

यूएईको आबुधावीमा जारी टी १० लिगमा नेपाली खेलाडी सोमपाल कामीको टिम मराठा अरवियन्सले बंगला टाइगर्सलाई एक सय चार रनको लक्ष्य दिएको छ ।

आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मराठाले १० ओभरमा विना विकेटको क्षतीमा एक सय तीन रन बनायो ।

उसका लागि मोहम्मद हफिजले ६१ रन बनाए भने अब्दुल साकुरले ३४ रन थपे ।

यसअघिका दुई खेलमा विकेट विहिन बनेका सोमपाल बंगला टाइगर्सविरुद्धको खेलमा सुरुवाती ११ मा परेका छन । उनको टिम टस हारेर ब्याटिङ गरिरहेको छ ।

सोमपालले पहिलो खेलमा दुई ओभरमा २८ रन खर्चिएका थिए भने दोस्रो खेलमा १७ रन खर्चिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest