मराठा अरवियन्स बंगला टाइगर्स ६ विकेटले पराजित

यूएईको आबुधावीमा जारी टी १० लिगमा नेपाली खेलाडी सोमपाल कामीको टिम मराठा अरवियन्स बंगला टाइगर्स ६ विकेटले पराजित भएको छ । जारी प्रतियोगितामा मराठाको यो दोस्रो हार हो ।

आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मराठाले १० ओभरमा विना विकेटको क्षतीमा एक सय तीन रन बनायो ।

उसका लागि मोहम्मद हफिजले ६१ रन बनाए भने अब्दुल साकुरले ३४ रन थपे ।

जवाफमा बंगलाले आठ ओभरमा चार विकेट गुमाउँदै पुरा गर्यो । बंगलाको जितमा जोनसन चाल्र्सले २३ तथा आन्द्रे फ्लेचरले ३१ रन रनको योगदान गरे । यस्तै अफिफ होसेनले २२ रन बनाउँदा चिरा सुरीले १९ रन थपे ।

बलिङमा सोमपाल कामीले आफ्नो पहिलो ओभरमा १२ रन दिएका छन । टिमको दोस्रो ओभर लिएर आएका सोमपालले पहिलो बलमा एक रन दिएका थिए भने दोस्रो खेलमा चौका खाएका थिए । तेस्रो बल डट फालेका सोमपालले चौथो बलमा छक्का खाएका थिए । त्यसपछि बाँकी दुई बलमा एक एक रन दिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest