प्याकुरेल एसीसी डेभलपमेन्ट कमिटिको सदस्यमा निर्वाचित

नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेल एसीसी डेभलपमेन्ट कमिटिको सदस्यमा निर्वाचित भएका छन् ।

एसीसीको सधारणसभाबाट उनी सदस्यमा निर्वाचित भएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । क्यानले जारी गरेको विज्ञप्तिमा प्याकुरेल सदस्यमा निर्वाचित भएको जनाइएको छ भने अध्यक्षमा बीसीसीआईका प्रतिनिधि जय शाह अध्यक्ष चयन भएकोमा बधाई पनि दिइएको छ ।

एसीसीको दुवईमा भर्चुअल माध्यमबाट साधारण सभा भएको थियो । अध्यक्ष पालो अनुसार चयन हुने प्रावधान रहेको छ । जस अनुसार जय शाह चयन भएका हुन् । डभेलपमेन्ट कमिटिमा तीन सदस्य रहेका छन् ।

जसमा नेपाल, सिंगापुर र कुवेतको प्रतिनिधित्व रहेको छ । यसैगरी उपाध्यक्षमा ओमन र मलेसियाले दावेदारिता प्रस्तुत गरेपछि टुंग्याउन बाँकी रहेको जनाइएको छ । यसैगरी एसीसीको फाइनान्स कमिटिमा हङकङ र साउदी अरेबिया रहेका छन् ।

नेपालबाट डेभलपमेन्ट कमिटिमा निर्वाचित प्याकुरेलले लामो समयपछि अन्तर्राष्ट्रिय संस्थामा प्रतिनिधित्व गर्न पाउनु नेपाली क्रिकेटका लागि आगामी दिनमा फाइदा पुग्ने बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest