याे बर्ष रणजी ट्रफी नहुने

भारतीय घरेलु क्रिकेटको चर्चित प्रतियोगिता रञ्जी ट्रफि ८७ बर्षपछि पहिलो पटक नहुने भएको छ । बीसीसीआईले यो बर्ष रञ्जी ट्रफि नगर्ने तर ५० ओभरको अर्को प्रतियोगिता गर्ने बताएको छ ।
यो बर्ष रञ्जी ट्रफि नहुने भएपछि करिव ८०० घरेलु क्रिकेटले यो प्रतियोगिता गुमाउने भएका छन । रञ्जी नहुने भएपनि विजय हजारे ट्रफिलाई ५० ओभरमा खेलाइने भएको छ । जुन फेब्रेवरीमा हुनेछ ।

कोरोनाका कारण पाँच दिनको प्रतियोगिता गर्नका लागि कठिन हुने भएकाले यो बर्ष रञ्जी ट्रफि नहुने बीसीसीआईको भनाई छ । त्यसका सट्टा महिला र पुरुषको ५० ओभरको प्रतियोगिता गर्ने भएको हो ।

यसमा इन्डियन प्रिमियर लिगले गर्दापनि केहि असर परेको हो । रञ्जीमा नै राम्रो गरेर केहि घरेलु क्रिकेटरले आइपीएलमा स्थान बनाएका थिए । जसका कारण उनीहरुको आम्दानी पनि निकै राम्रो भएको थियो । अघिल्लो सिजनमा एक सय २५ इन्डियन खेलाडीले आइपीएलमा स्थान बनाएका थिए । जसमा सबै भन्दा कम मुल्यमा ३० लाख भारतीय रुपैयाँ पाएका थिए ।

घरेलु खेलाडीका लागि रञ्जी ट्रफि राम्रो आम्दानीको प्रतियोगिता हो । किनकी यो प्रतियोगिता खेल्ने खेलाडीले एक खेलको एक लाख ४० हजार भारतीय रुपैयाँ पाउछन । यस्तै विजय हजारेबाट ३५ हजार र सेइद मस्ताक अली ट्रफिबाट १७ हजार रुपैयाँ पाउछन ।

रञ्जी नहुने भएपछि भारतीय क्रिकेटले १८ महिनासम्म लामो फरम्याटको प्रतियोगिता खेल्न नपाउने भएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest