पाकिस्तान टिममा चार नयाँ अनुहार

दक्षिण अफ्रिकाविरुद्धको टी २० सिरिजका लागि पाकिस्तान क्रिकेट टिमको घोषणा भएको छ । जसमा पाँच जना स्टार खेलाडीलाई टिमबाट बाहिर राखिएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले सार्वजनिक गरेको टिममा फकर जमान, वाहब रियाज, मोहम्मद हफिज, सादाब खान र इमाद वासिमलाई आराम दिइएको छ ।

न्यूजिल्याण्डविरुद्धको टी २० सिरिजमा कमजोर प्रदर्शन गरेको पाकिस्तानी टिममा यसपटक निकै परिवर्तन गरिएको छ । त्यो बेला पाकिस्तान दुई एकले पराजित भएको थियो । न्यूजिल्याण्डविरुद्ध सादब खानले कप्तानी गरेका थिए । तर दक्षिण अफ्रिकाविरुद्ध उनी टिममा परेका छैनन् ।

पाकिस्तान बोर्डले चार जना नयाँ खेलाडीलाई टिममा मौका दिएको छ । जसमा स्पिनर जाफर गोहर, अमाद बट, डानिस अजिज र जाहिद मेहमुद रहेका छन ।

फेब्रेवरी ११ तारिखबाट सुरु हुने तीन टी २० खेलको सिरिज गदाफि स्टेडियममा हुनेछ । यो प्रतियोगिताका लागि टिममा रहेका खेलाडी र अफिसियल बुधबारबाट बायो बबलमा रहनेछन ।

पाकिस्तान टिमः बाबर अजाम, आमिर यामिन, अमाद बट, आसिफ अली, डानीस अजिज, फहिम अर्सफ, हैदर अली, हारिस रउफ, हसन अली, हुसेन तालात, इफ्टिकार अहमेद, खुसदिल शाह, मोहम्मद हसनेन, मोहम्मद नवाज, मोहम्मद रिजवान, सरफराज अहमेद, साहिन अफ्रिदी, उस्मान कादिर, जाफर गोहर जाहिद मेहमुद

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest