पुणेले आबुधावीलाई एक सय ३० रनको लक्ष्य प्रस्तुत

टी १० लिगमा नेपाली खेलाडी करण केसीको टिम पुणे डेभिल्सले टिम आबुधावीलाई एक सय ३० रनको लक्ष्य दिएको छ ।

आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुणेले निर्धारीत १० ओभरमा चार विकेट गुमाउँदै एक सय २९ रन बनायो । मध्यम सुरुवात गरेको पुणेले २२ रनमा पहिलो विकेट गुमाएको थियो ।

उसका ओपनर केनार लुइस मात्र पाँच रनमा आउट भए । त्यसपछि चान्डविक वाल्टोनपनि ब्यक्तिगत २३ रनमा आउट भएपछि पुणेले ६८ रनमा दोस्रो विकेट गुमायो । लगत्तै एलेक्स डाभिसपनि नौ रनमा आउट हुँदा पुणेको ७७ रनमा तीन विकेट भएको थियो ।

तर त्यसपछि टोम काडमोर र डेभोन थोमसले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई बलियो लक्ष्य दिन सफल भए । जसमा काडमोरले २५ बलमा विस्फोटक ६१ रन बनाए । जसमा पाँच चौका र पाँच छक्का सामेल थियो । डेभोन थोमसले नौ बलमा २१ रन बनाए । जसमा उनले एक चौका र दुई छक्का प्रहार गरे ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest