कतार सिरिज स्थगित

नेपालले कतार संग खेल्ने भनिएको तीन खेलको टि ट्वान्टी सिरिज नहुने भएको छ । कतार सरकारले कोरोना भाइरस सम्बन्धी लागु गरेको नया स्वास्थ्य प्रोटोकलका कारण सिरिज तत्काल नहुने उल्लेख गरिएको छ ।

यस विषयमा नेपाल क्रिकेट संघ क्यानले अहिले सम्म आधिकारिक जानकारी गराएको छैन् । क्यानका महासचिव अशोकनाथ प्याकुरेलले कतारका पदाधिकारीसंग कुरा भइरहेको बताए । उनले कतारले हिजोबाट कोभिडको केस बढेसंगै भ्रमणलाई कडाई गरेको छ । नजाने भन्ने कुरा हुँदैन । केही दिन स्थगित हुन सक्ने बताए ।

कतार क्रिकेट संघले सरकारको नियमका कारण तोकिएको मितिमा सिरिज गर्न नसक्ने स्थिती आएको जवाफ दिएको प्याकुरेलले जानकारी दिए । कतारले अरु खेल पनि स्थगित गरेको जनाइएको छ ।

कतार स्पोर्टस डे को अवसरमा नेपालले फुब्रुअरी नौ, ११ र १२ मा तीन टि ट्वान्६ी सिरिज खेल्ने बताएको थियो । त्यसका लागि क्यानले आज बाट १८ जना खेलाडीलाइ बन्द प्रशिक्षणमा पनि बोलाएको थियो । टिममा अधिकांश युवा खेलाडीलाइ मौका दिइएको थियो ।

प्रशिक्षक डेभ वाटमोर नजाने भएपछि बसन्त शाही ठकुरीलाई प्रशिक्षक तोकिएको थियो। टिममा नियमित कप्तान ज्ञानेन्द्र मल्लसहित सिनियर खेलाडीहरू पारस खड्का, बसन्त रेग्मी, शरद भेषवाकरसहित सन्दीप लामिछाने पनि समावेस थिएनन्।

क्यानका एक पदाधिकारीले १२ गतेको कार्यसमितीको बैठकमा हतार हतार निर्णय गरेर सिरिजमा पठाउने भनेर भिषाको प्रक्रिया थाल्ने, अहिले अचानक स्थगित हुनुले क्यानले राम्रोसँग कतारसँग सहकार्य नगरेको र यदि यो स्थगित भएको भएमा क्यानको ठूलो गल्ति भएको बताए ।

उनले यसअघि नै क्यानले कोभिडको प्रोटोकलका बारेमा जानकारी राख्नुपर्ने र क्वारेन्टिनको समय के छ भनेर बुझ्नुपर्ने बताए । अचानक सिरिजका लागि जाने भन्ने र खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाउने पनि, तर अन्तिममा खिन्न पार्ने कामले खेलाडीलाई मात्र होइन क्रिकेटलाई नै नराम्रो पारेको ती पदाधिकारीले बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest