पुणे डेभिल्सले बंगला टाइगर्सलाई एक सय १६ रनको लक्ष्य

आबुधावीमा जारी टी १० लिगमा पुणे डेभिल्सले बंगला टाइगर्सलाई एक सय १६ रनको लक्ष्य दिएको छ ।

शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुणेले १० ओभरमा तीन विकेट गुमाउँदै एक सय १५ रन बनायो । उसका लागि टोम काडमोरले ४८ रन बनाए भने एलेक्स डाभिसले ४१ रनको योगदान गरे ।

यो खेलमा नेपाली खेलाडी करण केसी पनि टिममा रहेका छन । उनले अघिल्लो खेलमा एक विकेट लिएका थिए । एक अाेभर मात्र बलिङ गर्न पाएका करणले १८ रन खर्चिएर क्रिस गेलकाे विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest