करणकाे टिम पुणे डेभिल्स पराजित

नेपाली क्रिकेटर करण केसीको टिम पुणे डेभिल्स बंगला टाइगर्ससँग आठ विकेटले पराजित भएको छ । आजको खेलमा करणले एक ओभर बलिङ गर्दा १७ रन खर्चिएका थिए । उनको ओभरमा आन्द्रे फ्लेचर रनआउट भएका थिए ।

शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुणेले १० ओभरमा तीन विकेट गुमाउँदै एक सय १५ रन बनायो । उसका लागि टोम काडमोरले ४८ रन बनाए भने एलेक्स डाभिसले ४१ रनको योगदान गरे ।

यो खेलमा नेपाली खेलाडी करण केसी पनि टिममा रहेका छन । उनले अघिल्लो खेलमा एक विकेट लिएका थिए । एक अाेभर मात्र बलिङ गर्न पाएका करणले १८ रन खर्चिएर क्रिस गेलकाे विकेट लिएका थिए ।

जवाफमा बंगला टाइगर्सले आठ ओभर पाँच बलमा लक्ष्य पुरा गर्यो । टिमको छैटौं ओभर लिएर आएका करणले पहिलो बलमा नै चौका खाएका थिए । दोस्रो बलमा करणलाई फ्लेचरले छक्का प्रहार गरे भने तेस्रो बलमा पनि छक्का नै खाए ।

चौथो बल डट फालेका करणले पाँचौं बलमा एक रन दिए । ओभरको अन्तिम बलमा रन लिने क्रममा फ्लेचर रनआउट भए । उनले ३० रन बनाएका थिए ।

बंगला टाइगर्सका कप्तान समेत रहेका फ्लेचरबाहेक चिराग सुरीले ३०, टोम मोरेसले ३८ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest