न्यूजिल्याण्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा

कोरोना भाइरसका कारण अष्ट्रेलियाको दक्षिण अफ्रिका भ्रमण स्थगित भएपछि त्यसको प्रत्यक्ष फाइदा न्यूजिल्याण्डलाई भएको छ ।

अष्ट्रेलियाको दक्षिण अफ्रिका भ्रमण स्थगित भएपछि न्यूजिल्याण्ड पहिलो संस्करणको वल्र्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

न्यूजिल्याण्डले यो प्रतियोगताको उपाधिका लागि लर्डसमा खेल्ने पक्का भएको छ । हाल अंक तालिकाको दोस्रो स्थानमा रहेको न्यूजिल्याण्डले उपाधिका लागि को संग खेल्छ भन्ने टिमको टुंगो आगामी दिनमा लाग्ने बताइएको छ ।

यसका लागि भारत, अष्ट्रेलिया र इंग्ल्याण्ड फाइनलको दावेदारका रुपमा रहेको छन । अहिलेको तालिका अनुसार भारत अंकमा शिर्ष स्थानमा छ भने अष्ट्रेलिया तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest