करिव दुई दशकदेखि निर्माणाधिन अवस्थामा रहेको मुलपानी क्रिकेट रंगशाला निर्माणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चारण गरेको त्यो शब्दले खेलकुदसँग प्रधानमन्त्री भन्ने कार्यक्रममा उपस्थित सबैलाई हास्न र आश्चार्यमा पार्न बाध्य बनायो । कारण कुनै एक ब्यक्तिले मुलपानी क्रिकेट मैदानका विषयमा प्रश्न लेखेर उनलाई दिएपछि प्रधानमन्त्री ओलीले त्यसलाई पढ्नासाथ अझै बनिसकेको छैन त्यो भनेर आश्चार्यमा परे ।
त्यो बेला राष्ट्रिय सभा गृहमा उपस्थित सबै गलल हाँसेका थिए । छेवैमा रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले अबको दुई बर्षमा बन्छ भन्दै त्यसलाई बचाउन खोजे । उनले धेरै बनिरहेको भनेको सुनेको धेरै बर्ष भइसक्यो, अझै बनेको छैन भन्दा छक्क परे भनेर आफैलाई प्रश्न गरे ।
तर त्यो प्रश्नका जवाफमा उनले चाँडै बन्छ भनेर उत्तर दिए । ओली भन्दा अगाडीपनि धेरै प्रधानमन्त्री बने, खेलकुद मन्त्री आए गए, तर मुलपानी क्रिकेट रंगशाला अझै पुर्ण बन्न सकेको छैन ।
मुलपानी क्रिकेट रंगशालाको जग्गा अधिग्रहणको काम पुरा भयो भनिएपनि अझैपनि मैदानको छेवैमा रहेको टहरा भने अझै हटाउन सकिएको छैन ।
एकपट्टिको प्याराफिट आधा बनेको छ भने पछिल्लो पटक तीन वटा कम्पनी मिलेर संयुक्त रुपमा टेन्डर हालेका छन । जसको विवाद अख्तियारमा पुगेको थियो र पछिल्लो पटक त्यहि झण्झडका कारण काम सुरु हुन सकेको छैन । करिव २७ करोडको टेन्डरमा कहिलेबाट काम हुने हो, त्यो भने अझै एकिन छैन ।
कथा नै भएको मुलपानीको तल्लो क्रिकेट मैदानमा अहिलेसम्म करिव २० करोड रुपैयाँ खर्च भएको छ । तर अझै यो मैदान कहिले पुर्ण बन्द भन्ने प्रश्नको उत्तर सबै पदाधिकारीले चाँडै बन्छ भन्ने बाहेक अरु दिन सकेका छैनन् ।
यो रंगशालाको कामको प्रगतिबिवरण बुझ्न धेरैपटक विभिन्न खेलकुद मन्त्री, गृह मन्त्रीहरु सरकारी गाडी चडेर नै पुगेका छन । तर निरिक्षण खालि निरिक्षणमा नै सिमित बनेको छ ।
Discussion about this post