काठमाडौं महानगरपालिका र नेपाल क्रिकेट संघ क्यानविच काठमाडौं मेयर कप पुरुष क्रिकेट प्रतियोगिताका लागि सम्झौता भएको छ ।
जसमा काठमाडौं महानगरपालिकाले एकदिवसिय फरम्याटमा यो प्रतियोगिता चैत्र मसान्त भित्रमा गरिसक्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार क्यानले यो प्रतियोगिता आयोजनाका लागि महानगपालिकाबाट ५० लाख रुपैयाँ पाउनेछ ।
सम्झौता पत्रमा महानगरका मेयर विध्यासुन्दर शाक्यको रोबरहमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र काठमाडौं महानगरका प्रमुख प्रशासनिक अधिकृत राजेश्वर ज्ञवालीविच हस्ताक्षर भएको थियो ।
प्रतियोगितामा तीन विभागिए टिमसहित थप एक टिमको सहभागिता गराउने योजना क्यानको छ । कुन फरम्याटमा यो प्रतियोगिता गर्ने भन्ने विषयमा क्यानले आधिकारीक जानकारी भने दिएको छैन ।
Discussion about this post