सोमपालले एक विकेट लिएको खेलमा मराठा भने पराजित

आबुधावीमा जारी टी १० लिगमा नेपाली खेलाडी सोमपाल कामीको टिम मराठा अरविन्सले तेस्रो हार ब्यहोरेको छ । सोमपाल कामीले एक विकेट लिएको खेलमा मराठा भने चार विकेटले पराजित भयो ।

पहिले ब्याटिङ गरेको सोमपालको टिम मराठा अरवियन्सले १० ओभरमा पाँच विकेट गुमाउँदै एक सय एक रन बनाएका थियो । उसका लागि हफिजले ४४ रन बनाउँदा सोयब मलिकले २३ रनको योगदान गरे । यस्तै अब्दुल साकुरले ११ रन बनाउँदा अरु दुई खेलाडी सस्तैमा आउट भए । बलिङमा कलन्दर्सका लागि तनभिरले तीन विकेट लिए ।

जवाफमा कलन्दर्सले आठ ओभर एक बलमा ६ विकेट गुमाउँदै पुरा गर्यो । उसको जितमा सरजिल खानले २८, सोहेल अख्तरले २० रन बनाए । यस्तै बेन डुंकले २६ रनको योगदान गरे ।
बलिङमा नेपाली बलर सोमपाल कामीले एक ओभरमात्र गर्न पाए । जसमा उनले १९ रन दिएर एक विकेट लिए ।

टिमको चौथो ओभर लिएर आएका सोमपालले पहिलो बल डट फालेका थिए । तर दोस्रो र तेस्रो बलमा उनले दुई छक्का खाए । चौथो बलमा एक रन खर्चिएका सोमपालले पाँचौ बलमा पनि छक्का खाए । त्यसपछि ओभरको अन्तिम बलमा सोमपालले विकेट लिन सफल भए । उनले सोहेल अख्तरलाई २० रनमा एलबिडब्लु धरापमा पारे ।

कलन्दर्सको जारी प्रतियोगितामा लगातार चौथो जित हो । उसले यो जितसँगै चार खेलमा आठ अंक बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest