द हन्ड्रेडका लागि सन्दिपलाई ओभल इन्भिन्सिबल्सले गर्याे रिटेन

इंग्ल्याण्डमा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई ओभल इन्भिन्सिबल्सले रिटेन गरेको छ । कोरोना भाइरसका कारण एक बर्ष पछाडी सरेको प्रतियोगितामा ओभल टिमले सन्दिपलाई रिटेन गरेको हो ।

ओभलले कुल ११ खेलाडीलाई रिटेन गर्दा सन्दिपपनि अटाएका हुन । सन्दिपलाई ओभलले सन्दिपलाई एक लाख पाउण्डमा अनुबन्ध गरेको थियो ।

सन्दिपसँगै ओभलले रिटेन गर्ने अरु खेलाडीमा साम बिलिङ, एलेकस ब्लाक, साम कुरान, टोम कुरान, लउरी इभान्स, विल ज्याक, सुनील नारायन, जेसोन रोय, नाथन सोटेर र रिसी टोप्ले छन ।

यता अष्ट्रेलियन खेलाडी स्टिभ स्मिथ र मिचेल स्टार्कलाई वेल्स फायरले रिलिज गरिएको छ । एक लाख २५ हजार पाउण्डमा अनुबन्ध भएका दुबै खेलाडीलाई वेल्स रिलिज गरेको हो ।

यो प्रतियोगिताका लागि यो महिनाको अन्तिममा ड्राफ्ट हुँदैछ । जसका लागि रिलिज र रिटेन गर्ने खेलाडीको नाम सार्वजनिक गरिएको हो ।

जसमा ब्रमिङघम फोनिक्सले १२ खेलाडीलाई रिटेन गरेको छ भने लण्डन स्प्रिटले १३ खेलाडीलाई रिटेन गरेको छ ।

यस्तै म्यानचेस्टर ओरिजिनल्सले मात्र पाँच खेलाडीलाई रिटेन गरेको छ । नर्दन सुपरचार्जर्सले १० खेलाडीलाई रिटेन गरेको छ । यो टिममा बेन स्टोक, क्रिस लियोन, मुजिब उर रहमान रहेका छन । सन्दिपको टिम ओभलले ११ खेलाडीलाई रिटेन गरेको छ । यसका प्रशिक्षक टम मुडी रहेका छन ।

यस्तै साउदर्न ब्रेभले १३ खेलाडीलाई रिटेन गरेको छ भने ट्रेन्ट रोकिट्सले पनि १३ खेलाडीलाई नै रिटेन गरेको छ । यो टिममा रासिद खानपनि छन ।

वेल्स फायरले सात खेलाडीमात्र रिटेन गरेको छ । आठ टिमको सहभागिता रहेको यो प्रतियोगिताको मिती नयाँ तरिकाको प्रतियोगिता रहेको छ । २०२० मा हुने भनिएको यो प्रतियोगिता कोरोनाका कारण स्थगित भएको थियो ।

प्रतियोगितामा एक टिमले एक सय बल फाल्न पाउनेछन । एक खेलमा एउटा बलरले बढिमा २० बल फाल्न पाउनेछन । एक इनिङमा २५ बलपछि पावरप्ले सकिनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest