पारसलाई एडिडासकाे प्रायाेजन

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई विश्व चर्चित कम्पनी एडिडासले प्रायोजन गरेको छ ।

हाल टी १० लिगका लागि आबुधावीमा रहेका पारसलाई एक बर्षका लागि एडिडासले किट्स प्रायोजन गर्ने भएको हो ।

टिम आबुधावीको क्लोदिङ पार्टनर समेत रहेको एडिडासले एक बर्षका लागि सम्झौता गरेको हो ।

अब पारसले कुनैपनि प्रतियोगिता खेल्दा एडिडास लेखेको ब्याट प्रयोग गर्नेछन भने उनको किट्सपनि एडिडासको हुनेछ ।

पारसले सात बर्षसम्म एसएमको ब्याट प्रयोग गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest