साेमपालकाे एकै ओभरमा दुई विकेट

नेपाली क्रिकेटर सोमपाल कामीले टी १० लिगमा एकै खेलमा लगातार दुई विकेट लिएका छन । आजको खेलमा सोमपालले डेकेन ग्लाडियटर्सका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिन सफल भए ।

सोमपालले पहिलो ओभरमा मात्र दुई रन खर्चिएर दुई विकेट लिएका हुन ।

टिमको छैटौं ओभर लिएर आएका सोमपालले पहिलो बल डट फालेका थिए भने दोस्रो बलमा एक रन दिएका थिए ।

तेस्रो बलमा पनि एक रन खर्चिएका उनले चौथो बलमा गुप्तालाई ३५ रनमा आउट गरे । उनले गुप्तालाई मोसादेक हुसेनको हातबाट लङ अनमा क्याच आउट गराए ।

पाँचौ बल डट फालेका उनले छैटौ बलमा यासिर कलिमलाई आउट गरे । उनले कलिमलाई २८ रनमा पेभेलियन फर्काए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest