मराठा अरवियन्सलाई डेकेनकाे एक सय २१ रनको लक्ष्य

टि १० लिगमा सोमपाल कामीको टिम मराठा अरवियन्सलाई डेकेनले एक सय २१ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको डेकेनले १० ओभरमा चार विकेट गुमाउँदै एक सय २० रन बनायो । उसका लागि प्रशान्त गुप्ताले ३५ रन बनाए भने यासिर कलिमले २८ रनको योगदान गरे । यस्तै अनवर अलीले ३९ रन बनाए ।

बलिङमा सोमपाल कामीले दुई विकेट लिएका छन । सोमपालले डेकेन ग्लाडियटर्सका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिन सफल भए । उनले दुई ओभरमा १० रन खर्चिएर दुई विकेट लिए ।

सोमपालले पहिलो ओभरमा मात्र दुई रन खर्चिएर दुई विकेट लिएका हुन ।

टिमको छैटौं ओभर लिएर आएका सोमपालले पहिलो बल डट फालेका थिए भने दोस्रो बलमा एक रन दिएका थिए । तेस्रो बलमा पनि एक रन खर्चिएका उनले चौथो बलमा गुप्तालाई ३५ रनमा आउट गरे । उनले गुप्तालाई मोसादेक हुसेनको हातबाट लङ अनमा क्याच आउट गराए ।
पाँचौ बल डट फालेका उनले छैटौ बलमा यासिर कलिमलाई आउट गरे । उनले कलिमलाई २८ रनमा पेभेलियन फर्काए ।

दोस्रो ओभरमा सोमपालले १० रन खर्चिए । टिमको आठौं तथा ब्यक्तिगत दोस्रो ओभर लिएर सोमपालले पहिलो बलमा नै चौका खाए । त्यसपछि दोस्रो बलमा पनि चौका खाएका उनले तेस्रो बलमा एक रन दिँदा चौथो बल डट फाले । पाँचौ बल पनि डट फालेका सोमपालले एक रन खर्चिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest