साेमपालकाे टिम २९ रनले पराजित

टि १० लिगमा नेपाली खेलाडी सोमपाल कामीले उत्कृष्ट बलिङ गरेको खेलमा उनको टिम मराठा अरवियन्स भने २९ रनले पराजित भएको छ । जारी प्रतियोगितामा मराठाको तेस्रो हार हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको डेकेनले १० ओभरमा चार विकेट गुमाउँदै एक सय २० रन बनायो । उसका लागि प्रशान्त गुप्ताले ३५ रन बनाए भने यासिर कलिमले २८ रनको योगदान गरे । यस्तै अनवर अलीले ३९ रन बनाए ।

बलिङमा सोमपाल कामीले दुई विकेट लिएका छन । सोमपालले डेकेन ग्लाडियटर्सका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिन सफल भए । उनले दुई ओभरमा १० रन खर्चिएर दुई विकेट लिए ।

सोमपालले पहिलो ओभरमा मात्र दुई रन खर्चिएर दुई विकेट लिएका हुन ।

टिमको छैटौं ओभर लिएर आएका सोमपालले पहिलो बल डट फालेका थिए भने दोस्रो बलमा एक रन दिएका थिए । तेस्रो बलमा पनि एक रन खर्चिएका उनले चौथो बलमा गुप्तालाई ३५ रनमा आउट गरे । उनले गुप्तालाई मोसादेक हुसेनको हातबाट लङ अनमा क्याच आउट गराए ।
पाँचौ बल डट फालेका उनले छैटौ बलमा यासिर कलिमलाई आउट गरे । उनले कलिमलाई २८ रनमा पेभेलियन फर्काए ।

दोस्रो ओभरमा सोमपालले १० रन खर्चिए । टिमको आठौं तथा ब्यक्तिगत दोस्रो ओभर लिएर सोमपालले पहिलो बलमा नै चौका खाए । त्यसपछि दोस्रो बलमा पनि चौका खाएका उनले तेस्रो बलमा एक रन दिँदा चौथो बल डट फाले ।

पाँचौ बल पनि डट फालेका सोमपालले एक रन खर्चिए । यो प्रतियोगितामा सोमपालको विकेट तीन पुगेको छ ।

जवाफमा मराठाले १० ओभरमा तीन विकेट गुमाउँदा ९१ रन मात्र बनाउन सक्यो । उसका लागि इशान मलोत्राले २२ रन बनाउँदा उसका लागि कप्तान मोसादेक हुसेनले अविजीत ४४ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest