नेपाल क्रिकट संघ क्यानले मार्चमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
नयाँ प्रशिक्षक डेभ वाटमोर र खेलाडी छनोट समितीको समन्वयमा क्यानले पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
क्याम्पमा विवेक यादव, अनुज चनारा, खड्ग बहादुर बोहोरा अर्जुन कुमाल पहिलो पटक परेका हुन । यस्तै रामनरेश गिरी, पृथु बास्कोटा, कृष्ण कार्की, सौरभ खनालले लामो समयपछि क्याम्पमा स्थान बनाएका छन ।
पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका पृथु करिव तीन बर्षपछि राष्ट्रिय टिमको क्याम्पमा परेका हुन ।
क्यानले पहिलो चरणमा क्याम्पमा बोलाएका खेलाडी यसप्रकार छन ।
Read the English Version of this news.