बंगलादेश बलियाे अवस्थामा

वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा बंगलादेशले राम्रो अग्रता बनाएको छ । पहिलो टेष्ट अन्तर्गत तेस्रो दिनको खेल सकिँदा बंगलादेशले दुई सय १८ रनको अग्रता बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले पहिलो इनिङ्समा अलआउट हुँदै ४ सय ३० रन बनाएको थियो ।

बंगलादेशका लागि मेहदी हसन मिराजले १ सय ३ रनको शतकीय इनिङ्स खेले ।

यस्तै शकिब अल हसनले ६८ तथा शादमान इस्लामले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

वेष्ट इन्डिजले पहिलो पारीमा मात्र दुई सय ५९ रन बनाएको थियो । उसका लागि कप्तान क्रेग ब्रेथवेटले ७६ रन बनाए भने जेर्मिने ब्लाकउडले ६८ रन जोडे ।

बलिङमा मेहदी मिराजले चार विकेट लिएका थिए ।

जवाफमा दोस्रो पारी सुरु गरेको वेष्ट इन्डिजले सुरुवात भने राम्रो गर्न सकेन । तर तेस्रो दिनको खेल सकिँदा उसले ४७ रनमा तीन विकेट गुमाएको छ । जसका कारण घरेलु टिम बलियो स्थितमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest