आइपीएलकाे अक्सनमा नेपालबाट ८ खेलाडीकाे नाम दर्ता

इन्डियन प्रिमियर लिग आइपीएलको अक्सनका लागि एक हजार ९७ जनाको नाम दर्ता भएको छ । जसमा नेपालबाट आठ जना खेलाडीले नाम दर्ता गराएका छन ।

फेब्रेवरी १८ तारिखमा हुने आइपीएलको अक्सनका लागि विहिबारसम्म खेलाडी दर्ताको मिती तोकिएको थियो । त्यसमा कुल एक हजार ९७ जनाको नाम दर्ता भएको छ । त्यसमा आठ सय १४ जना भारतीय र दुई सय ८३ जना विदेशी खेलाडीको नाम रहेको छ ।

चेन्नेईमा हुने अक्सन १८ तारिखमा दिउँदो तीन बजेबाट सुरु हुनेछ । दर्ता भएका खेलाडीमा २१ जना अनक्याप्ड भारतीय खेलाडी छन भने एक सय ८६ जना क्याप्ड विदेशी खेलाडी छन । यस्तै २७ जना एसोसियट खेलाडी छन ।

यस्तै भारतीय टिममा नपरेका तर एक आइपीएल खेल खेलेका ५० खेलाडीले नाम दर्ता गरेका छन । यस्तै आइपीएलमा एक खेल खेलेका तर आफ्नो देशबाट नखेलेका दुई विदेशी खेलाडीले पनि नाम दर्ता गरेका छन ।

सात सय ४३ जना अनक्याप्ड भारतीय खेलाडी छन भने ६८ अनक्याप्ड अन्तराष्ट्रिय खेलाडीले नाम दर्ता गरेका छन ।

आइपीएल टिमले बढिमा आफ्नो टिममा २५ खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन । अक्सनबाट कुल ६१ खेलाडी विक्रि हुनेछन ।

यो सिजनको आइपीएलमा तीन सिजन खेलेका सन्दिप लामिछानेपनि अक्सनमा जानेछन ।

देशका हिसावले आइपीएलमा नाम दर्ता गर्नेमा बढि वेष्ट इन्डिजबाट रहेका छन । वेष्ट इन्डिजबाट कुल ५६ जनाले अक्सनका लागि नाम दर्ता गराएका छन ।

यस्तै अफगानिस्तानका ३०, अष्ट्रेलियाका ४२, बंगलादेशका पाँच, इंग्ल्याण्डका २१, आयरल्याण्डबाट दुई, नेपालबाट आठ, नेदरल्याण्ड्सबाट एक, न्यूजिल्याण्डबाट २९, स्कटल्याण्डबाट सात, दक्षिण अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, यूएईबाट नौ, यूएसएबाट दुई र जिम्बावेबाट दुई खेलाडीको नाम दर्ता भएको छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest