आइपीएलको अक्सनमा नाम दर्ता भएका नेपाली क्रिकेटर

आसन्न इन्डियन प्रिमियर लिगको अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गरेका छन ।

नेपाल क्रिकेट संघ क्यानको माध्यमबाट यसपटक आठ नेपाली खेलाडीले अक्सनमा नाम दर्ता गराएका हुन । यसअघि एजेन्टको माध्यमबाट अक्सनमा नाम दर्ता गर्दै आएका खेलाडीले पहिलो पटक क्यानले आधिकारीक रुपमा नाम पठाएको हो ।

फेब्रेवरी १८ तारिखमा चेन्नेईमा हुने आइपीएलको अक्सनमा पहिलो पटक नेपालबाट धेरै खेलाडीको नाम दर्ता भएको हो ।

अक्सनमा दर्ता हुने खेलाडीहरुमा दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करण करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, कुशल मल्ल, शरद भेषवाकर, अभिनाश बोहरा छन ।

यसअघि आइपीएलमा सन्दिपले तीन सिजन खेलेका छन । यसपटक उनी पनि दिल्लीबाट रिलिज भएर फेरी अक्सनमा गएका हुन । यो पटक आइपीएलका अक्सनमा दुई सय ८३ जना विदेशी खेलाडीले नाम दर्ता गरेका छन भने आठ सय ९४ जना भारतीय खेलाडी छन ।

यसबाट अक्सनमा ६१ जना विक्रि हुनेछन । यसपटकको आइपीएल भारतमा नै हुनेछ । जसमा केहि संख्यामा दर्शकलाई उपस्थित गराउने बीसीसीआईको तयारी छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest