वेष्ट इन्डिज तीन विकेटले विजयी

बंगलादेशविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिज तीन विकेटले विजयी भएको छ । जितसँगै वेष्ट इन्डिजले सिरिजमा एक शुन्यको अग्रता बनाएको छ ।

बंगलादेशले पहिलो पारीमा अलआउट हुँदै ४ सय ३० रन बनाएको थियो । बंगलादेशका लागि मेहदी हसन मिराजले १ सय ३ रनको शतकीय पारी खेले ।

यस्तै शकिब अल हसनले ६८ तथा शादमान इस्लामले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । मुस्फिकर रहमान र लिटोन दास समान ३८ रनमा आउट हुँदा कप्तान मोमिनुल हकले २६ रन बनाए । होसेन सान्टोले २५ रन बनाउँदा नायम हसनले २४ रन बनाए । वेस्ट इन्डिजका जोमेल वारिकनले ४ विकेट लिए । राकिम कोर्नवालले २ विकेट लिए ।

वेस्ट इन्डिजले पहिलो पारीमा २ सय ५९ रन जोड्दा अलआउट भएको थियो । वेस्ट इन्डिजका कप्तान क्रेग ब्रेथवेटले ७६ रनको अर्धशतकीय इनिङ्स खेले ।

जेर्मिने ब्लाकउडले ६८ रन जोड्दा जोसुवा डा सिल्भाले ४२ रन बनाए । केली मेयर्सले ४० रन जोडे । बंगलादेशका मेहदी मिराज हसनले ४ विकेट लिए । मुस्ताफिजुर रहमान, ताइजुल इस्लाम र नायिम हसनले २ विकेट लिए ।

दोस्रो पारीमा बंगलादेशले २ सय २३ रनमा ८ विकेट गुमाएर जोड्दै पारी समाप्तिको घोषणा गरेको थियो ।

दोस्रो पारीमा बंगलादेशका कप्तान मोनिनुल हकले १ सय १५ रनको शतकीय इनिङ्स खेले । लिटोन दासले ६९ रन बनाए । बंगलादेशले इनिङ्स समाप्तिको घोषणा गरेपछि वेस्ट इन्डिजले जितका लागि ३ सय ९५ रनको लक्ष्य पाएको थियो ।

बंगलादेशले दिएको लक्ष्य वेस्ट इन्डिजले ७ विकेट गुमाएर पुरा गर्यो । वेस्ट इन्डिजका लागि केली मेयर्सले अविजित रहदै २ सय १० रनको दोहोरो शतकीय इनिङ्स खेले ।

यस्तै एनक्रुमा बोनरले ८६ रन बनाए । बंगलादेशका मेहदी मिराज हसनले ४ विकेट लिए । ताइजुल इस्लामले २ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest