इंग्ल्याण्ड विरुद्धको पहिलाे टेष्टमा भारत दबावमा

इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टमा भारत पहिलो पारीमा तीन सय ३७ रनमा अलआउट भएको छ । जसका कारण भारत पहिलो पारीमा दुई सय ४१ रनले पछि परेको छ ।

पहिलो टेष्टको चौथो दिन भारत तीन सय ३७ रनमा अलआउट भएको हो । जसका कारण इंग्ल्याण्डले दोस्रो पारी सुरु गरेको छ ।

पहिलो पारीमा भारतका लागि रिसब पन्तले ९१ रन बनाए भने वासिङ्टन सुन्दरले ८५ र चेतेश्वर पुजाराले ७३ रनको योगदान गरे ।

यस्तै रविचन्द्रन आश्विनले ३१ रन बनाउँदा शुभंम गिलले २९ रन थपे ।

पहिलो पारीमा इंग्ल्याण्डले कप्तान जोय रुटको दोहोरो शतकका कारण पाँच सय ७८ रन बनाएको छ ।

रुटले दुई सय १८ रन बनाउँदाडम सिब्लीले ८७ र बेन स्टोकले ८२ रनको योगदान गरे ।

चौथो दिनको खेल जारी हुँदा यो टेष्ट बराबरीमा अगाडी बढेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest