पाकिस्तानले जित्याे टेष्ट सिरिज

दक्षिण अफ्रिकाविरुद्धको दुई टेष्टको सिरिज पाकिस्तानले क्लिन स्विप गरेको छ । रावलपिण्डीमा भएको दोस्रो टेष्टमा पाकिस्तानले ९५ रनको जित निकाल्यो ।

टस जितेर पहिले ब्याटिङ गरेका पाकिस्तानले पहिलो पारीमा मात्र दुई सय ७२ रन बनाएको थियो । उसका लागि फहिम अर्सफले ७८ रन बनाए भने कप्तान बाबर अजामले ७७ रनको योगदान गरे । यस्तै फवाद आलमले १८ रन बनाए । बलिङमा दक्षिण अफ्रिकाका एनरिच र्नोजीले पाँच तथा केशव महराजले तीन विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले पहिलो पारीमा दुई सय एक रन मात्र बनायो । उसका लागि कुनैपनि खेलाडीले अर्धशतक बनाउन सकेनन् । दक्षिण अफ्रिकाका लागि टेम्बाले सर्वाधिक ४४ रन बनाए । पहिलो पारीमा ७१ रनको अग्रता बनाएको पाकिस्तानले दोस्रो पारीमा थप दुई सय ९८ रन बनाएपछि दक्षिण अफ्रिकाले तीन सय ७० रनको लक्ष्य पाएको थियो । दोस्रो पारीमा पाकिस्तानका लागि मोहम्मद रिजवानले एक सय १५ रनको पारी खेलेका थिए ।

दोस्रो पारीमा दक्षिण अफ्रिकामात्र दुई सय ७४ रनमा अलआउट भयो । उसका लागि एडीन मार्करनमले एक सय आठ रनको पारी खेले । यस्तै टेम्बाले ६१ रनको योगदान गरे । बलिङमा हसन अलीले पाँच ताथ साहिन अफ्रिदीले चार विकेट लिए । यो सिरिज जितेपछि टेष्ट बरियतामा पाकिस्तान पाँचौ स्थानमा उक्लिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest